वित्तीय ब्यबस्थापन महाशाखा

•    संघीय सञ्चिथत कोषबाट प्रदेश र स्थानीय सरकारबीच र प्रदेश सञ्चिरत कोषबाट प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने विस्तृत आधार तयार गर्ने सम्बन्धी कार्य, 
•    संघ, प्रदेश र स्थानीय सरकारको राजस्व असुली र खर्च जिम्मेवारीमा गर्नु पर्ने सुधारका उपायहरूको अध्ययन गरी सिफारिस गर्ने सम्बन्धी कार्य,
•    संघ र प्रदेश सरकारको राजस्व बाँडफाँडको आधारहरूको पुनरावलोकन गरी थप परिमार्जनका लागि नेपाल सरकारलार्इ सिफारिस गर्ने सम्बन्धी कार्य, 
•    तीनै तहका सरकारहरू बीचमा राजस्व बाँडफाँड सम्बन्धमा उत्पन्नन विवाद समाधान गर्न उपयुक्त उपायहरू सिफारिस गर्ने सम्बन्धी कार्य,
•    संघीयसञ्‍चित कोषबाट प्रदेश र स्थानीय सरकारलार्इ तथा प्रदेश सञ्चिउत कोषबाट स्थानीय सरकारलाई प्रदान गरिनेवित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने सम्बन्धी कार्य, 
•    प्रदेश र स्थानीय सरकारलार्इ प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने सम्बन्धी कार्य,
•    संघ र प्रदेशबाट हस्तान्तरण भएको अनुदानको उपयोगमा उत्पन्‍न विवादहरू समाधानका लागि सुझाव प्रस्तुत गर्ने सम्बन्धी कार्य,
•    समष्‍टिगत आर्थिक सूचकहरूको विश्‍लेषण गरी आन्तरिक ऋणको सीमा निर्धारणका लागि अध्ययन अनुसन्धान गर्ने कार्य,
•    प्रदेश र स्थानीय तहबीच हुने सवारी साधन करको बाँडफाँड सिफरिस सम्बन्धी कार्य।